होली पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धि गरेको छ : पूर्व प्रधानमन्त्री खनाल
आइतबार, ११ चैत २०८०, १० : ०२
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले असत्यमाथि सत्यको जित भएको अवसरमा मनाइने रङ्गीन होली पर्वले आपसी सद्भाव, मेलमिलाप तथा बन्धुत्वको भावना विकास गर्न सहयोग पुग्ने बताएका छन् ।
होली पर्वका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले हाम्रा मौलिक परम्परा, संस्कार र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न तथा राष्ट्रिय एकता निर्माण एवं सामाजिक सद्भाव अभिवृद्धि गर्न यो पर्वले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।
‘सामाजिक न्याय र समानता सहितको समुन्नत नेपाल निर्माण गर्ने र मुलुकलाई समाजवाद उन्मुख दिशातर्फ अग्रसर गराउन फागु पूर्णिमाले सवैमा प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु’, खनालले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट नआए पनि सुदूरपश्चिममा नियमित प्रशासनिक काम राेकिँदैनन् : अर्थमन्त्री धामी
-
बागमतीमा कम्युनिस्ट गठबन्धनलाई प्राथमिकता दिने दुई दलको नीति
-
स्पेनको दोस्रो विश्वकप उपाधि : युवा खेलाडी र उत्कृष्ट रणनीतिको कमाल
-
को हुन् हमासको नयाँ प्रमुख ?
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण