‘ड्रिम्स’लाई उत्कृष्ट अवार्ड प्रदान गर्दै सकियो नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल
काठमाडौंँ । वृत्तचित्र ‘ड्रिम्स’लाई उत्कृष्ट अवार्ड प्रदान गर्दै १३ आँैं नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल शनिबार सकिएको छ ।
वृत्तचित्रको निर्देशन शान्ता नेपालीले गरेकी हुन् । सोही अवसरमा स्वयम् मास्के मानन्धरले निर्देशन गरेको लघु फिल्म ‘बु, द बाऊ, द काफ’ले स्पेसल मेन्सन अवार्ड प्राप्त गर्यो । अवार्ड युरोपियन डेलिगेसनकी उपराजदूत डा. जोएल इभोनेट्ले वितरण गरिन् ।
विजेता फिल्मकर्मीले यसै वर्ष ब्रसेल्समा आयोजना हुन लागेको नेपाली चलचित्र महोत्सवमा सहभागि हुने अवसर पाएका छन् ।
फेस्टिभलमा छनोट भएका र प्रदर्शन गरिएका ९ लघु फिल्मलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो । जसमा गोपाल आचार्य निर्देशित ‘आखत’, समाल बज्राचार्य निर्देशित ‘हावाम्यान’, निमा गेलु शेर्पाको ‘काठमाडौँ मनसुन’, अतिन श्रेष्ठ निर्देशित ‘मखमली उडान’, रजिन महर्जन निर्देशित ‘लेट्स टक् पिरियड’, मिराज रोशन ठकुरी निर्देशित ‘रातो पछ्यौरी’, आकाङ्क्षा कार्की निर्देशित ‘सनाई’, सन्तोष दाहाल निर्देशित ‘द मिराज’ र अनिल कुर्मी निर्देशित ‘फेरा’ छन् । सहभागकिा लागि ५२ लघु फिल्मले आवेदन दिएका थिए ।
गत ७ गते सुरु भएको फेस्टिभलमा ९ युरोपेली फिल्म र ११ लघु फिल्म प्रदर्शन भएका थिए ।
महोत्सव २०८० चैत २८ र २९ (अप्रिल १० र ११) गते सुदूरपश्चिम प्रदेशमा समेत आयोजना हुने छ । यसैगरी नेपालगन्जमा वैशाख ३ गते (अप्रिल १५) हुनेछ । कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरमा वैशाख ७ र ८ गते (१९ र २० अप्रिल) आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण