कोशी प्रदेश सरकारद्वारा ३० प्रतिशत खर्च
विराटनगर । चालू आर्थिक वर्षको अन्तिम चौमासिक बाँकी रहँदा कोशी प्रदेश सरकारले ३० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय कोशीले गत चैत ३ गतेसम्ममा गरेको खर्च विवरण सार्वजनिक गरेअनुसार बजेट खर्च ३० प्रतिशतको हाराहारीमा रहेको जनाएको हो ।
जसमध्ये हालसम्म प्रदेशको पुँजीगत खर्च भने २२ प्रतिशतमा सीमित हुँदा चालू खर्च भने ४१ प्रतिशत भएको छ । प्रदेश सरकारले ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
हालसम्ममा पुँजीगततर्फ ४ अर्ब ६० करोड ७८ लाख ७ हजार ५८१ रुपैयाँ खर्च भएको छ । यस्तै चालू तर्फ भने ७ अर्ब ७५ करोड ३४ लाख ६७ हजार ९०२ रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारको हालसम्मको जम्मा खर्च भने ११ अर्ब ३६ करोड १२ लाख ७५ हजार ४८४ रुपैयाँ रहेको छ ।
सरकारले चालूतर्फ १६ अर्ब ३९ करोड ६९ लाख ९२ हजार र पुँजीगत तर्फ २० अर्ब ४१ करोड २० लाख ८२ हजार रुपैयाँ विनियोजन गरेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
प्रदेश सरकारको आम्दानी भने हालसम्म ५२ दशमलव ५३ प्रतिशत अर्थात् १९ अर्ब ३० करोड ४८ लाख ४३ हजार ५१८ रुपैयाँ रहेको छ । प्रदेश सरकारले बजेट खर्च लक्ष्य अनुसार गर्न नसक्दा सञ्चित खातामा ७ अर्ब ९४ करोड ३५ लाख ६८ हजार ३४ रुपैयाँ थुप्रिएर बसेको छ ।
आम्दानी र खर्च विवरण
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण