शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

कोशी प्रदेश सरकारद्वारा ३० प्रतिशत खर्च

पुँजीगत खर्च २२ प्रतिशतमा सीमित, चालू खर्च ४१ प्रतिशत
आइतबार, ११ चैत २०८०, ११ : ३४
आइतबार, ११ चैत २०८०

विराटनगर । चालू आर्थिक वर्षको अन्तिम चौमासिक बाँकी रहँदा कोशी प्रदेश सरकारले ३० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय कोशीले गत चैत ३ गतेसम्ममा गरेको खर्च विवरण सार्वजनिक गरेअनुसार बजेट खर्च ३० प्रतिशतको हाराहारीमा रहेको जनाएको हो । 

जसमध्ये हालसम्म प्रदेशको पुँजीगत खर्च भने २२ प्रतिशतमा सीमित हुँदा चालू खर्च भने ४१ प्रतिशत भएको छ । प्रदेश सरकारले ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । 

हालसम्ममा पुँजीगततर्फ ४ अर्ब ६० करोड ७८ लाख ७ हजार ५८१ रुपैयाँ खर्च भएको छ । यस्तै चालू तर्फ भने ७ अर्ब ७५ करोड ३४ लाख ६७ हजार ९०२ रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारको हालसम्मको जम्मा खर्च भने ११ अर्ब ३६ करोड १२ लाख ७५ हजार ४८४ रुपैयाँ रहेको छ । 

सरकारले चालूतर्फ १६ अर्ब ३९ करोड ६९ लाख ९२ हजार र पुँजीगत तर्फ २० अर्ब ४१ करोड २० लाख ८२ हजार रुपैयाँ विनियोजन गरेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको छ । 

प्रदेश सरकारको आम्दानी भने हालसम्म ५२ दशमलव ५३ प्रतिशत अर्थात् १९ अर्ब ३० करोड ४८ लाख ४३ हजार ५१८ रुपैयाँ रहेको छ । प्रदेश सरकारले बजेट खर्च लक्ष्य अनुसार गर्न नसक्दा सञ्चित खातामा ७ अर्ब ९४ करोड ३५ लाख ६८ हजार ३४ रुपैयाँ थुप्रिएर बसेको छ । 

आम्दानी र खर्च विवरण

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप