ललितपुर घटना : पुरानो रिसिइबीका कारण दुई युवाको हत्या
काठमाडौँ । ललितपुर महानगरपालिका–२६ को ढोलाहिटीमा दुई युवाको हत्याको कारण ‘पुरानो रिसिइबी’ भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । ढोलाहिटीस्थित डि–पोपिना रेस्टुरेन्टमा गएराति दुई जनामाथि चक्कु प्रहार भएको थियो । सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पुजन राईलाई अस्पतालले मृत घोषणा गरेको छ ।
हत्या अनुसन्धान गर्न १८ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । रोबसको कोखमा चक्कु प्रहार गरिएको छ । पुजनको तिघ्रामा प्रहार गरेर रेस्टुरेन्टमा लामो समय राखेर ओभर ब्लिडिङ्ग गराएको भेटिएको छ ।
पुजन राईलाई सुमेरु अस्पतालमा र रोबसलाई पाटन अस्पतालमा भर्ना गरेपछि प्रहरीले खबर पाएको थियो । राति ११ बजेतिर घटनाबारे खबर पाएपछि अनुसन्धान थालिएको एसएसपी खनालले जानकारी दिए । उनीहरूको हत्याको मुख्य कारण ‘पुरानो रिसिइबी’ भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । एसएसपी खनाल भन्छन्– ‘हत्याको कारण ग्याङ्गफाइट वा होली होइन ।’
मापसे गरेपछि विवाद बढेको र त्यसपछि पुरानो रिसिइबीको कुरा झिकेर चक्कु प्रहार भएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । घटनाबारे रेस्टुरेन्ट सञ्चालक र स्थानीयले प्रहरीले खबर गरेनन् । रोबसलाई पाटन हस्पिटलमा लगेको करिब २० मिनेटपछि पुजनलाई सुमेरु लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण