उपनिर्वाचनमा उम्मेदवार उठाउने/नउठाउनेबारे अलमलमा माओवादी
काठमाडौँ । वैशाख १५ गते २ स्थानमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनमा उम्मेदवार उठाउने वा नउठाउने सम्बन्धमा सत्तारुढ दल माओवादी केन्द्र अलमलमा देखिएको छ । रिक्त रहेको इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ १(१)मा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले चैत्र २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता प्रकाशित गरेको छ ।
तर सत्ता घटक एमाले र रास्वपा उपनिर्वाचनका लागि सक्रिय हुँदा माओवादी अहिलेसम्म कुनै निष्कर्षमा नपुगेको हो । यद्यपि उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने कि गठबन्धनबाट साझा उम्मेदवार बनाउने भन्ने विषयमा छलफल भइरहेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
‘उपनिर्वाचनबारे छलफल भइरहेको छ । आवश्यकता अनुसार निर्णय गर्न पदाधिकारी बैठक बस्न सक्छ । तर उम्मेदवार उठाउने विषयमा अहिले नै कुनै निष्कर्षमा पुगेका छैनौँ’, रातोपाटीसँग उनले भने ।
सत्ता गठबन्धनका ठुलो दल एमालेले इलाम २ मा युवा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । आइतबार बसेको एमालेको सचिवालय बैठकले दिवङ्गत नेता सुवासचन्द्र नेम्बाङका कान्छा छोरा समेत रहेका सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आफ्ना उम्मेदवारलाई सहयोग गर्न गठबन्धन दलहरूलाई एमालेले आह्वान गरेको छ । यस्तै बझाङ १(१) प्रदेशसभा सदस्यको उम्मेदवार जिल्ला अध्यक्षसमेत रहेका दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै रास्वपाले केन्द्रीय नेताहरूलाई इलाम क्षेत्र नम्बर २ मा उतारेर मतदाताहरूसँग भेटघाट गरिरहेको छ । तथापि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा अहिले नै निष्कर्षमा पुगेको छैन । तर प्रदेश सभामा भने उम्मेदवार नउठाउने निर्णय रास्वपाले गरेको छ ।
अर्को सत्ता घटक एकीकृत समाजवादी पार्टीले पनि प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा उम्मेदवार उठाउने वा नउठाउने सम्बन्धमा सचिवालय बैठकमा छलफल गरिरहेको छ । यसैगरी प्रमुख प्रतिपक्षी दल कांग्रेसले रिक्त प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको विषयमा छलफल गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण