लागु औषधसहित कञ्चनपुर र कैलालीबाट पाँच जना पक्राउ
काठमाडौँ । कञ्चनपुर र कैलालीबाट अवैध लागु औषधसहित पाँचजना पक्राउ परेका छन् । आइतबार ती जिल्लाबाट प्रहरीले पाँच जनलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको भिमदत्त नगरपालिका–१० सुकाशालस्थित सडकबाट खैरो हेरोइन १ ग्राम ६० मिलिग्रामसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बेलुका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका–५ बस्ने २२ वर्षीय धिरज विष्ट, कृष्णपुर नगरपालिका–३ बस्ने २१ वर्षीय दिनेश विष्ट, शुक्लाफाँटा नगरपालिका–१० बस्ने २८ वर्षीय रोशन चन्द र भिमदत्त नगरपालिका–१ बस्ने २६ वर्षीय प्रदिप परियार रहेका छन् । जिल्ला
प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सुपप्र ०२००१ ह २२३० नम्बरको अटोलाई जाँच गर्न क्रममा अटोमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–२ ब्यारेलबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–५ बस्ने २७ वर्षीय करन चौधरी रहेका छन् ।
उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण