सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गुरुङ समुदायले मनाए मेँ त्हँले

सोमबार, १२ चैत २०८०, १३ : ४३
सोमबार, १२ चैत २०८०

चितवन ।  गुरुङ समुदायले  मेँ त्हँले (धनुष वाण विद्या) पर्व मनाएका छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुषवाण चलाउने विद्या प्राप्त गरेको दिनका रुपमा मेँ त्हँले (धनुष वाँण विद्या) पर्व आइतबार विभिन्न कार्यक्रम गरी देशभरका गुरुङ समुदायले मनाएका हुन् ।

यसैबीच चितवनका गुरुङ समुदायले नारायणी नदी किरनारमा जारी आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सवस्थल परिसरको गुरुङ घर प्राङ्गणमा धुमधामसँग यो पर्व मनाएका छन् । विगत वर्ष झैँ यस वर्ष पनि गुरुङ समुदायको धार्मिक संस्था ‘तमू प्ये ल्हु’ सङ्घ चितवनको आयोजनामा धनुषवाण प्रतियोगिता गरी मेँ त्हँले पर्व मनाएको सङ्घका जिल्ला अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप