नेपाल सेयर मार्केट एण्ड फाइनान्सको व्यवस्थापक माग
काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्स लिमिटेड, पुतलीसडक काठमाडौँको व्यवस्थापनका लागि संयोजक माग गरेको छ । कम्पनीको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूहका लागि १ जना संयोजक माग गरिएको हो ।
सोमबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले योग्यता पुगेको उपयुक्त उम्मेदवारलाई चैत १३ गते मंगलबार कार्यालय समयभित्र दरखास्त पेस गर्न आह्वान गरेको छ । संयोजकका लागि व्यवस्थापन,बैंकिङ,वित्तीय,मौद्रिक,अर्थशास्त्र, वाणिज्यशास्त्र,लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको बैंकिङ विज्ञ हुनुपर्ने बैंकले जनाएको छ ।
तोकिएको संयोजकको मासिक तलब १ लाख २६ हजार ३ सय रुपैयाँ (नियमानुसारको करसहित) हुनेछ भने दशैं खर्च वापत एक महिनाको पारिश्रमिक बराबरको रकम प्रदान गरिने समेत बैंकले सूचनामार्फत जानकारी गराएको छ । छनोट भएको संयोजकको सेवा अवधि १ वर्ष हुनेछ भने आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६/६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने बैंकले जनाएको छ ।
इच्छुक उम्मेदवारले चैत १३ गतेसम्म ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने बैंकले जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन
-
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी फिर्ता
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
-
इन्स्पेक्टरको लिखित परीक्षामा ५१ जना उत्तीर्ण (सूचीसहित)
-
युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
-
सिड्नीमा रामकृष्ण ढकालको सांगीतिक प्रस्तुतिसँगै ‘मालती मंगले’को रेडकार्पेट प्रिमियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण