आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘रुखान’मा आर्यन र नीतिको जोडी

मङ्गलबार, १३ चैत २०८०, १२ : ३३
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । सविर श्रेष्ठको निर्देशन रहने फिल्म ‘रुखान’मा अभिनेताको रुपमा आर्यन अधिकारी फाइनल भएका छन् । निर्माण युनिटले फल्मको मुख्य भुमिकाको लागि आर्यन फाइनल गरेको हो ।

फिल्मका लागि यसअघि अभिनेत्री नीति शाह फाइनल भएकी थिइन् । फिल्ममा नीति र आर्यनको रोमान्स रहने छ । नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी गरेर ४ भाषामा निर्माण  हुने फिल्ममा कृष्ण थापा(अस्ट्रेलिया) र सुरेश गुरुङको लगानी रहनेछ । डाक्टर रुपक घिमिरेको कथा रहेको फिल्मका कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद छ ।

सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्म निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।

फिल्मले सिंगो देशको नागरिकहरूले विभिन्न समस्याबाट जुध्दै गर्ने सङ्घर्षको कथालाई देखाउनेछ । फिल्मले मुख्यतया महिला सङ्घर्षको कथा भन्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप