‘रुखान’मा आर्यन र नीतिको जोडी
काठमाडौँ । सविर श्रेष्ठको निर्देशन रहने फिल्म ‘रुखान’मा अभिनेताको रुपमा आर्यन अधिकारी फाइनल भएका छन् । निर्माण युनिटले फल्मको मुख्य भुमिकाको लागि आर्यन फाइनल गरेको हो ।
फिल्मका लागि यसअघि अभिनेत्री नीति शाह फाइनल भएकी थिइन् । फिल्ममा नीति र आर्यनको रोमान्स रहने छ । नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी गरेर ४ भाषामा निर्माण हुने फिल्ममा कृष्ण थापा(अस्ट्रेलिया) र सुरेश गुरुङको लगानी रहनेछ । डाक्टर रुपक घिमिरेको कथा रहेको फिल्मका कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद छ ।
सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्म निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।
फिल्मले सिंगो देशको नागरिकहरूले विभिन्न समस्याबाट जुध्दै गर्ने सङ्घर्षको कथालाई देखाउनेछ । फिल्मले मुख्यतया महिला सङ्घर्षको कथा भन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण