सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
टी–२० क्रिकेट

उत्कृष्ट पाली खेल्दै आउट भए कुशल मल्ल

मङ्गलबार, १३ चैत २०८०, १४ : २६
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा सोमबार आफ्नो छैटौँ विकेट गुमाएको छ । नेपालले छैटौँ विकेटका रूपमा कुशल मल्ललाई गुमाएको हो । उनले टोलीका लागि आक्रामक पाली खेल्दै ३४ रन बनाए । 

छैटौँ नम्बरमा क्रिज समाल्न आएका उनले केवल १३ बलको सामना गरी चार छक्का र एक चौका पनि हिर्काए । उनलाई आयरल्यान्डका बलर ह्वाइटले डेलानीद्वारा क्याच गराएका हुन् । १७.४ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले एक सय ७४ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप