आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सुनिल भन्छन्–‘कपिलसँगको झगडा पब्लिक स्टन्ट मात्र थियो’

बुधबार, १४ चैत २०८०, ०८ : ३१
बुधबार, १४ चैत २०८०

मुम्बई । ओटीटी शो ‘द ग्रेट इन्डियन कपिल शो’को तयारी गरिरहेका अभिनेता तथा कमेडियन सुनिल ग्रोवरले कमेडियन कपिल शर्मासँगको झगडा केवल ‘पब्लिक स्टन्ट’मात्र भएको खुलासा गरेका छन् ।

उनले मंगलबार सञ्चार माध्यमसँग कुरा गर्दै ६ वर्षअघि कपिलसँग भएको झगडाले मनोरञ्जन उद्योगमा आँधीबेहरी ल्याएको भन्दै मजाक गरेका थिए ।

‘त्यतिबेला स्ट्रिमिङ मिडियाहरुले बाटो बनाउँदै थिए । त्यही कारण कपिल र मैले टेलिभिजन सामाग्रीलाई ओटीटीमा हाइप बनाउनका लागि त्यो फण्डा निकालेका थियौँ’, उनले भनेका छन् ।

उनले अगाडि भनेका छन्, ‘त्यो समयमा नेट्फ्लिक्स इन्डियामा नयाँ नयाँ आएको थियो । त्यही भएर हामीलाई लाग्यो कि टेलिभिजनको दर्शकलाई बाँधेर राख्नका लागि केही गर्नुपर्छ ।’

त्यही सोच अनुसार कपिलसँग झगडाको पब्लिक स्टण्ट गरेको उनको दाबी छ । यो शो नेट्फ्लिक्समा मार्च ३० मा प्रसारण हुँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप