सुनिल भन्छन्–‘कपिलसँगको झगडा पब्लिक स्टन्ट मात्र थियो’
बुधबार, १४ चैत २०८०, ०८ : ३१
मुम्बई । ओटीटी शो ‘द ग्रेट इन्डियन कपिल शो’को तयारी गरिरहेका अभिनेता तथा कमेडियन सुनिल ग्रोवरले कमेडियन कपिल शर्मासँगको झगडा केवल ‘पब्लिक स्टन्ट’मात्र भएको खुलासा गरेका छन् ।
उनले मंगलबार सञ्चार माध्यमसँग कुरा गर्दै ६ वर्षअघि कपिलसँग भएको झगडाले मनोरञ्जन उद्योगमा आँधीबेहरी ल्याएको भन्दै मजाक गरेका थिए ।
‘त्यतिबेला स्ट्रिमिङ मिडियाहरुले बाटो बनाउँदै थिए । त्यही कारण कपिल र मैले टेलिभिजन सामाग्रीलाई ओटीटीमा हाइप बनाउनका लागि त्यो फण्डा निकालेका थियौँ’, उनले भनेका छन् ।
उनले अगाडि भनेका छन्, ‘त्यो समयमा नेट्फ्लिक्स इन्डियामा नयाँ नयाँ आएको थियो । त्यही भएर हामीलाई लाग्यो कि टेलिभिजनको दर्शकलाई बाँधेर राख्नका लागि केही गर्नुपर्छ ।’
त्यही सोच अनुसार कपिलसँग झगडाको पब्लिक स्टण्ट गरेको उनको दाबी छ । यो शो नेट्फ्लिक्समा मार्च ३० मा प्रसारण हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण