शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने

बुधबार, १४ चैत २०८०, ११ : १२
बुधबार, १४ चैत २०८०

काठमाडौँ । आगामी बैशाख १५ गते हुने इलाम र बझाङमा हुने उपनिर्वाचनमा एकीकृत समाजवादीले उम्मेदवारी दिने निश्चित भएको छ । सो पार्टीले प्रतिनिधिसभा सदस्यतर्फ इलाम २ मा जीतबहादुर राई र बझाङ प्रदेशसभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । 

‘इलाममा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंह उम्मेदवार बन्ने निश्चित भएको छ तर पार्टीले औपचारिक निर्णय गर्न बाँकी छ’, खनालले बुधवार बिहान रातोपाटीसँग भने, ‘भरे भोलि पार्टीले औपचारिक निर्णय गर्छ ।’

इलाममा एकीकृत समाजवादीले अघि सारेका जितबहादुर २०७४ मा तत्कालीन एमालेबाट माइजोगमाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए भने २०७९ को स्थानीय निर्वाचनमा उनी तत्कालीन गठबन्धनका साझा उम्मेदवार बनेका थिए । बझाङका सिंह एमालेका जिल्ला अध्यक्ष हुन् । उनी हाल नेकपा एकीकृत समाजवादीको प्रदेश सदस्य रहेका छन् ।

यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इलाममा सत्ता गठबन्धन दललाई सघाउन सक्ने भएपनि बझाङमा उम्मेदवारी दिन पार्टीलाई कसैले नरोक्ने बताएका थिए । सोही अनुसार एकीकृत समाजवादीले सम्बन्धित पार्टी कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप