एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने
काठमाडौँ । आगामी बैशाख १५ गते हुने इलाम र बझाङमा हुने उपनिर्वाचनमा एकीकृत समाजवादीले उम्मेदवारी दिने निश्चित भएको छ । सो पार्टीले प्रतिनिधिसभा सदस्यतर्फ इलाम २ मा जीतबहादुर राई र बझाङ प्रदेशसभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
‘इलाममा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंह उम्मेदवार बन्ने निश्चित भएको छ तर पार्टीले औपचारिक निर्णय गर्न बाँकी छ’, खनालले बुधवार बिहान रातोपाटीसँग भने, ‘भरे भोलि पार्टीले औपचारिक निर्णय गर्छ ।’
इलाममा एकीकृत समाजवादीले अघि सारेका जितबहादुर २०७४ मा तत्कालीन एमालेबाट माइजोगमाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए भने २०७९ को स्थानीय निर्वाचनमा उनी तत्कालीन गठबन्धनका साझा उम्मेदवार बनेका थिए । बझाङका सिंह एमालेका जिल्ला अध्यक्ष हुन् । उनी हाल नेकपा एकीकृत समाजवादीको प्रदेश सदस्य रहेका छन् ।
यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इलाममा सत्ता गठबन्धन दललाई सघाउन सक्ने भएपनि बझाङमा उम्मेदवारी दिन पार्टीलाई कसैले नरोक्ने बताएका थिए । सोही अनुसार एकीकृत समाजवादीले सम्बन्धित पार्टी कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण