महराले पीएसओ र गाडी छाडेर हिँडेपछि समातेका हौँ : आईजीपी कुँवर
काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पिएसओ र गाडी छोडेर हिँडेपछि समातेर काठमाडौँ ल्याएको बताएका छन् ।
बुधबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै आइजीपी कुँवरले यस्तो बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि छलफल गरेर नै उहाँ (महरा)लाई पक्राउ गरेका हौँ’, उनले भने, ‘अदालतले स्वास्थ्य अवस्था हेरेर अस्पतालमै राखेर अनुसन्धान गर्न आदेश दिएकाले सोही अनुसार अनुसन्धान भइरहेको छ ।’
त्यस्तै उनले स्वास्थ्य अवस्थाले हिरासतमा अप्रिय घटना नहोस् भनेर हिरासत बाहिर राखेर अनुसन्धान गर्नुपरेको बताए । आइजीपी कुँवरले सहकारी मुद्दाको मुख्य जड जीवी राई भएको पनि बताए ।
‘उनी मलेसियामा रहेको कुरा आएको छ । हामीले डिफ्युजन नोटिस जारी गरेका छौ तर मलेसियन सरकारले सहयोग गरेको छैन’, कुँवरले भने, ‘मलेसिया सरकारसँग सुपुर्दगी सन्धि नभएका कारण पनि मलेसिया राईलाई बुझाउन बाध्य नभएको हो कि भन्ने बुझिरहेका छौँ । उनलाई पक्राउ गर्नका लागि गृहमन्त्री लागिरहनुभएको छ, हामी लागिरहेका छौँ ।’
जीवन चलाउनेको बारेमा मिडियामा तथ्यहिन कुराहरू आइरहेकाे पनि कुँवरले बताए । ‘उसलाई पक्राउ नगरी यथार्थ कुरा आउँदैन । उनीसँग प्रहरीको कुराकानी भएको सीडीआर बाहिर आएको विषयमा कहाँबाट कसले त्यो पठायो छानबिन भइरहेको छ’, कुँवरले समिति सदस्यहरूको प्रश्नको जवाफ दिँदै भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण