उत्तर पुस्तिका हराएको विषयमा पुनः परीक्षा लिँदै त्रिवि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह प्रथम वर्षको जनसङ्ख्या विषयको पुनः परीक्षा गर्ने भएको छ । उक्त विषयको उत्तर पुस्तिका हराएपछि पनिकाले पुनः परीक्षा लिन लागेको हो ।
चैत २१ गतेदेखि परीक्षा गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरिएको छ । पनिकाले उक्त विषयको पुनः परीक्षा सञ्चालन गर्न भन्दै सम्बन्धित क्याम्पसहरूलाई निर्देशन दिएको थियो । सोही आधारमा क्याम्पसहरूले पुनः परीक्षा गर्न लागेका हुन् । चैत २१ गते बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुन लागेको हो ।
चितवन रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसले चैत २१ गतेदेखि परीक्षामा सहभागी हुन भन्दै विद्यार्थीहरूलाई बोलाएको छ । २०८० वैशाख महिनामा सञ्चालित बीए प्रथम वर्षको परीक्षा अन्तर्गत ‘पीओपी–४२२’ विषयको उत्तर पुस्तिका हराएको थियो । उत्तर पुस्तिका हराएपछि पनिकाले पुनः परीक्षा गर्न क्याम्पसहरूलाई निर्देशन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश