मिस इकलेज २०२४ को ताज आर्जु पौडेलको शिरमा
काठमाडौँ । सिजन मिडयाद्वारा आयोजित ‘मिस इकलेज २०२४’ को ताज आर्जु पौडेलले पहिरिएकी छन् । राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा १५ जना प्रतियोगीलाई पछि पार्दै पौडेलले मिस पपुलर अवार्डको टाइटल पनि हात पार्न सफल भइन् ।
सोसँगै विजेता पौडेलले एक थान ल्यापटप र रु ३५ हजार राशिको गिफ्ट भौचर लगायत विभिन्न पुरस्कार जित्न सफल भइन् । यस्तै प्रतियोगितामा फस्ट रनर अप रसिला थापा, सेकेन्ड रनर अप स्वस्तिका बज्राचार्य, थर्ड रनर अप जेनिसा बज्राचार्य भएका थिए ।
त्यसैगरी अन्य विभिन्न विधा मिस चार्मिङ इप्सा मानन्धर, मिस प्रश्नालिटी सुमित्रा सापकोटा, भिर्योस च्वाइसमा कुमारी कटुवाल, मिस कन्फिडेन्टमा सृष्टि साही, मिस फोटोजेनीक अर्चना चौधरी, मिस इनोसेन्ट अन्जली चौधरीले जित्न सफल भइन् भने मिस ट्यालेन्टको अवार्ड स्वस्तिका वज्राचार्यले जितिन् ।
उक्त कार्यक्रमको निर्णायक मण्डलमा फिल्म निर्माता तथा नायक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सीता न्यौपाने पाठक, न्यू मिलेनियम स्कुलकी प्रिन्सिपल कविता अर्याल, व्यवसायी अमित शर्मा, गायिका वविना भट्टराई र नेपाल एयरलाइन्सका वरिष्ठ निर्देशक रमेश पौडेल रहनुभएको आयोजक संस्थाका कार्यक्रम निर्देशक रेजीना तुलाधरले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण