शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

नागरिक उन्मुक्ति पार्टीका  दुई मन्त्रीको तोकियो जिम्मेवारी

बिहीबार, १५ चैत २०८०, ०९ : ३५
बिहीबार, १५ चैत २०८०

धनगढी ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिएका छन् ।

नाउपाका सबै मन्त्रीको उपस्थितिमा लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

जिम्मेवारीको पत्र समेत बुझिएका ती दुई मन्त्रीहरूको आज ११ बजे औपचारिक रूपमा पदभार ग्रहण हुने जनाइएको छ ।

सत्ता जोगाउन हदैसम्मको प्रयासमा रहेका मुख्यमन्त्री शाहले नाउपाले समर्थन फिर्ता लिनेसम्मको निर्णय गरिसकेपछि पनि नाउपाकै मन्त्रीलाई जिम्मेवारी दिन लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप