ऊर्जा
भारतले दियो बिजुली आयात अनुमति, ‘लोडसेडिङ’को जोखिम टर्यो
बिहीबार, १५ चैत २०८०, १६ : ५०
१
काठमाडौँ । भारतले थप तीन महिनाका लागि ५४४ मेगावाट बिजुली किन्न अनुमति पठाएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका अनुसार आज भारतीय पक्षले ३ महिनाका लागि बिजुली किन्ने अनुमति दिएको हो ।
यससँगै, नेपालमा डेढ महिनाका लागि हुने ‘लोडसेडिङ’को सम्भावित जोखिम टरेको छ । मन्त्रालयका प्रवक्ता नविनराज सिंहले भारतले आज ३ महिनाका लागि बिजुली किन्ने अनुमति दिएको जानकारी दिए । उनले नेपाललाई डेढ महिनाका लागि मात्रै बिजुली चाहिने भएको समेत बताए ।
नेपालले १ वर्षका लागि बिजुली आयात गर्ने प्रस्ताव नवीकरण गर्न पठाएको थियो । तर भारतले ३ महिनाका लागि मात्रै गरेको हो । र यो पनि दिउँसोका समयका लागि मात्रै अनुमति प्रदान गरेको छ । डेढ महिनाको आपूर्ति व्यवस्थापन भएपछि भने नेपालको आफ्नै उत्पादन पर्याप्त मात्रामा सुरु हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण