पहिलो दिन एसईई शान्तिपूर्ण रूपमा सम्पन्न
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । बिहीबार पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पहिलो दिन देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । बिहीबारदेखि सुरु भएको एसईई परीक्षा २७ गतेसम्म चल्ने छ ।
देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको उनको भनाइ छ । यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थीले एसईईका लागि परीक्षा फाराम भरेका थिए । जापानमा समेत एउटा परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको हो । जापानको टोकियोमा रहेको एभरेष्ट इन्टरनेसनल स्कुलबाट पनि १५ छात्रा र ८ छात्र गरी जम्मा २३ जना परीक्षार्थीहरू सहभागी भएका हुन् ।
दैलेखमा भने एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको सट्टामा परीक्षा दिन बसेका १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
दैलेख प्रहरीका अनुसार पक्राउ परेका किशोर महावु गाउँपालिकाको गैडाबाज मावि रानीवनका हुन् । नियमित एसईई परीक्षार्थी भाइका लागि नक्कली परीक्षार्थी बनेका उनी त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् ।
मुखमा मास्क लगाई आएका र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेर सोधिखोजी गर्दा पत्ता लागेको प्रहरीले जनाएको छ । ती बाहेक अन्य क्षेत्रमा शान्तिपूर्ण तरिकाबाट परीक्षा सञ्चालन भएको पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
-
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
-
मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल
-
ऊर्जामन्त्रीको सय दिन : सुधारको हुटहुटी, कार्यान्वयनमा सकस
-
प्रचण्ड र माधव बुटवलमा, के छ कार्यक्रम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण