इलाम—२ मा रास्वपाले बनायो मिलन लिम्बूलाई उम्मेदवार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ ।
प्राइमरी इलेक्सनका लागि ६ जनाको उम्मेदवारी परेकोमा ५ जनाले लिम्बूलाई समर्थन गरेपछि सर्वसम्मत उम्मेदवारी चयन गरिएको रास्वपा सह—महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
प्राइमरी इलेक्सनका लागि गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, र डा.शेषरमण न्यौपानेको उम्मेदवारी परेको थियो । आज पार्टी कार्यालय वनस्थलीमा सहमहामन्त्री बुर्लाकोटीले राखेको छलफलमा उनीहरुले लिम्बुलाई समर्थन गरेका थिए ।
रास्वपामा प्राइमरी इलेक्सनका माध्यमबाट उम्मेदवार छनोट हुने प्रावधान भएपनि इलाम—२ मा विधि अनुसार पार्टी सदस्य नपुगेपछि सहमति खोजिएको बुर्लाकोटीले बताए ।
प्राइमरी इलेक्सनका लागि मतदाता सङ्ख्याको १ प्रतिशत पार्टी सदस्य हुनुपर्ने विधिमा उल्लेख छ । १ लाख १८ हजार मतदातामा ११ सय ८० पार्टी सदस्य हुनुपर्छ । इलाम—२ मा रास्वपासँग ११ सय ८० पार्टी सदस्य नरहेको बुर्लाकोटीले बताए । हालैमात्र माओवादी परित्याग गरेका लिम्बूले रास्वपाको प्राइमरी चुनावमा दरखास्त हाल्नुअघि पार्टीको सदस्यता लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण