आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग
शुक्रबार, १६ चैत २०८०, ११ : ०८
काठमाडौँ । आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग गरेको छ । आर्थिक वर्ष २०८१/८२ को आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा गठित राजस्व परामर्श समितिलाई सुझाव दिने प्रयोजनका लागि राजस्व विभागले सरोकारवाला विज्ञ तथा सर्वसाधारणसँग राजस्व नीतिको सुझाव माग गरेको हो ।
आयकर, मूल्य अभिवृद्धि कर,अन्तःशुल्क शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर (डीएसटी), ई कमर्समा लगाइने कर लगायत आर्थिक ऐन बमोजिम लगाइने अन्य आन्तरिक कर तथा समग्र कर प्रणाली सुधारका विषयमा नीतिगत र कानुनी सुधार तथा प्रक्रियागत सरलीकरण सम्बन्धी सुझावहरु तोकिएको मिति र ठेगानामा पठाउन विभागले अनुरोध गरेको छ ।
इच्छुक व्यक्ति संस्था वा निकायले २०८० चैत्र ५ गतेसम्ममा विभागको कार्यालयमा सुझाव उपलब्ध गराई सक्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचनको मध्यरातको मतपरिणाम : कसको कति मत ?
-
बझाङको ताजा मतपरिणाम : एमालेका उम्मेदवार थोरै मतान्तरले अगाडि
-
इलाम २ मा सुहाङले ५ हजार मत कटाउँदा कसले कति पाए ?
-
गोठाटार घटनाका मुख्य योजनाकारमाथि प्रहरीले गोली चलायो
-
इलाम २ मतगणना : यस्तो छ पछिल्लो मतपरिणाम, कसको कति मत ?
-
बझाङमा एमाले उम्मेदवारको ५ सय मतको अग्रता, कसले कति मत ल्याए ?