सूर्याको हातमा आयो अर्को ठुलो फिल्म
नयाँ दिल्ली । दक्षिण भारतीय चलचित्र उद्योगका चर्चित अभिनेता सूर्याले आफ्नो करियरमा कयौँ हिट फिल्म दिएका छन् । विक्रम वेध, जय भीम, सिंघम, रक्त चरित्र, गजनीलगायत अधिकांश चलचित्रमा उनको दमदार अभिनय देख्न पाइन्छ ।
फ्यानहरू यतिबेला उनको बहुप्रतिक्षित फिल्म ‘कंगुवा’ पर्खिरहेका छन् । यस फिल्ममा सूर्यासँग बबी देओल देखिँदै छन् । कंगुवाका कारण चर्चामा रहेका सूर्याले आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् । ‘कंगुवा’पछि उनी कार्तिक सुब्बाराजको फिल्ममा काम गर्नेछन् । आफ्नो सामाजिक सञ्जालमा अभिनेताले एउटा पोस्टर शेयर गरेका छन् ।
यसमा भिन्टेज कार जलिरहेको छ, केही रूखमा मुटुको सङ्केत बनाइको छ, यसलाई तीरले छेडेको छ । पोस्टर शेयर गर्दै सूर्याले भनेका छन्–‘नयाँ सुरुवात...! तपाईँहरू सबै जनाको शुभकामनाको आवश्यकता छ ।’
सूर्यासँग काम गर्न आफू निकै उत्साहित भएको कार्तिक बताउँछन् । कार्तिकले आफ्नो पोस्टमा लेखेका छन्, ‘मेरो अर्काे फिल्म एभर–असम सूर्याको साथमा छ । म यसको लागि धेरै उत्साहित छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचनको मध्यरातको मतपरिणाम : कसको कति मत ?
-
बझाङको ताजा मतपरिणाम : एमालेका उम्मेदवार थोरै मतान्तरले अगाडि
-
इलाम २ मा सुहाङले ५ हजार मत कटाउँदा कसले कति पाए ?
-
गोठाटार घटनाका मुख्य योजनाकारमाथि प्रहरीले गोली चलायो
-
इलाम २ मतगणना : यस्तो छ पछिल्लो मतपरिणाम, कसको कति मत ?
-
बझाङमा एमाले उम्मेदवारको ५ सय मतको अग्रता, कसले कति मत ल्याए ?