कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका २ सदस्य काठमाडौँबाट पक्राउ
काठमाडौँ । लागु औषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका २ जना सदस्य काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्ने दुबै जना ब्राजिलियन नागरिक भएको लागु औषध नियन्त्रण ब्युरोले शुक्रवार जनाएको छ ।
पक्राउ पर्नेमा ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो दोस सान्तोस र फर्नान्डा भाल दोस सान्तोस रहेको र उनीहरुको साथबाट कुल १ केजी ४५५ ग्राम कोकिन बरामद भएको ब्युरोका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
विभिन्न मुलुकहरूबाट नेपाल प्रवेश गरी शङ्कास्पद गतिविधि गर्ने विदेशी नागरिकहरूको निगरानी गर्ने क्रममा उनीहरुलाई पक्राउ गर्न सकिएको उनको भनाइ छ ।
चैत १३ गते काठमाडौँको ठमेलको एक होटेलमा लारिसनले सुटकेस भित्र लुकाएर राखेको ८४० ग्राम कोकिन तथा फर्नान्डले लुकाएको समेत थप ५५० ग्राम गरी जम्मा १३९ क्याप्सुलबाट कोकिन १ किलो ३९० ग्राम बरामद भएको कार्कीले बताए ।
निजहरूको पेटमा थप क्याप्सुलहरु हुनसक्ने आशंकामा दुवै जनालाई नेपाल प्रहरी अस्पताल पठाइएकोमा लारिसनको पेटबाट थप ६५ ग्राम कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरु दुवै जनाले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरु निलेर पेटमा लुकाउँदै नेपालमा तस्करी गर्ने खुलेको छ ।
दुबै जनालाई जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई थप अनुसन्धान भइरहेको छ । यस्तै कोकिनको अवैध बजार मूल्य ४ करोड ३६ लाख ५० हजार बराबर हुन आउने प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण