टी-२० क्रिकेट
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को चौथो विकेट
शुक्रबार, १६ चैत २०८०, १४ : ११

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी-२० क्रिकेटमा नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ को चौथो विकेट लिएको छ । आयरल्यान्डको चौथो विकेट कमलसिंह ऐरीले लिएका हुन् । उनले आयरल्यान्डका चौथो नम्बरका ब्याट्सम्यान स्टिफन डोहेनीलाई सागर ढकालद्वारा क्याच गराएका थिए ।
कमलले लिएको यो दोस्रो विकेट हो । डेहोनीले पेभेलियन फर्किनुअघि केवल १६ बलमा दुई छक्का र चार चौकाको मद्दतले ३४ रन बनाएका थिए । १४.४ ओभरमा डेहोनी आउट हुँदा आयरल्यान्डले एक सय ४७ रन बनाएको छ । नेपाल ‘ए’ ले टस जिती आयरल्यान्ड ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
-
रहेनन् कलाकार घनश्याम गौतम
-
बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति
-
वीरगञ्ज नाकाबाट पाँच खर्ब छ अर्बको आयात, ७९ अर्ब निर्यात
-
अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट गाउँपालिका
-
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट