टी-२० क्रिकेट
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को चौथो विकेट
शुक्रबार, १६ चैत २०८०, १४ : ११
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी-२० क्रिकेटमा नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ को चौथो विकेट लिएको छ । आयरल्यान्डको चौथो विकेट कमलसिंह ऐरीले लिएका हुन् । उनले आयरल्यान्डका चौथो नम्बरका ब्याट्सम्यान स्टिफन डोहेनीलाई सागर ढकालद्वारा क्याच गराएका थिए ।
कमलले लिएको यो दोस्रो विकेट हो । डेहोनीले पेभेलियन फर्किनुअघि केवल १६ बलमा दुई छक्का र चार चौकाको मद्दतले ३४ रन बनाएका थिए । १४.४ ओभरमा डेहोनी आउट हुँदा आयरल्यान्डले एक सय ४७ रन बनाएको छ । नेपाल ‘ए’ ले टस जिती आयरल्यान्ड ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण