शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बिहानको खाजा कति बेला खानु लाभदायक हुन्छ ?

शुक्रबार, १६ चैत २०८०, १४ : ३१
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । बिहानको खाजा स्वादिष्ट र पोसिलो हुनुपर्छ । स्वास्थ्य विज्ञहरूका अनुसार बिहानको खाजा स्वास्थ्यका लागि सबैभन्दा महत्त्वपूर्ण छ । 

पोसिलो खाजाले  दिनभरको लागि पर्याप्त ऊर्जा त दिन्छ नै मेटामोलिजम पनि बढाउँछ । यसले ब्लड सुगर र मोटोपना नियन्त्रण गर्न मद्दत गर्छ । साथै स्वास्थ्य र संज्ञानात्मक कार्यमा सुधार्छ । त्यसैले सबैले दैनिक रूपमा बिहानको खाजा खानुपर्छ ।

फोब्र्समा छापिएको समाचारका अनुसार बिहानको खाजा नखाँदा धेरै स्वास्थ्य समस्या निम्तिन्छ । यसले तनाव, थकान, मोटोपना र मधुमेहको जोखिम पनि बढाउन सक्छ । बिहानको खाजा छाड्दा भोक लाग्ने हर्माेनहरू अलमलमा पर्छन् । जसका कारण दिनभरि के खाऊँ के खाऊँ भएर धेरै खाइन्छ । त्यसैले आहारविद् र पोषण विज्ञहरू सधैँ सही समयमा नास्ता गर्न सल्लाह दिन्छन् । अब कुरा गरौँ बिहानको खाजा खाने उपयुक्त समयबारे । हरेक व्यक्तिले बिहान उठेको २ घण्टाभित्रै खाजा खाइसक्नु पर्छ । उठेपछि जति चाँडो बिहानको खाजा खाइयो त्यति नै मेटाबोलिज्मको लागि राम्रो हो ।

सजिलो भाषामा भन्ने हो भने तपाई बिहान ५ बजे उठ्नु हुन्छ भने बिहान ७ बजेभित्र खाजा नास्ता खानुपर्छ । यदि तपाईँ ७  बजे उठ्नुहुन्छ भने, तपाईँले ९ बजेसम्म नास्ता गरिसक्नु पर्छ । बिहान सधैँ जिम जानुहुन्छ भने, तपाइँको कसरत गर्नु भन्दा २०–३० मिनेट पहिले केरा वा एभोकाडो टोस्ट जस्ता हल्का खानेकुरा खानु राम्रो हुन्छ । आफ्नो शरीरले केहि नखाई वा नपिई राम्रोसँग कसरत गर्न सक्छ भन्ने लाग्छ भने वर्कआउट गरिसकेर खाजा नास्ता खान सकिन्छ । बिहान छिट्टै अफिस जानु छ वा जानु हुन्छ भने पनि सही समयमा ब्रेकफास्ट गर्ने प्रयास गर्नुस् ।

अब कुरा गरौँ बेलुकाको खाना खाने उपयुक्त समयको बारेमा । सुत्नु भन्दा कम्तीमा २/३ घन्टा अघि रातको खाना खानुपर्छ । बेलुकीको खाना रातिको १० बजे वा त्योभन्दा अगाडि खाँदा बढी फाइदाजनक हुन सक्छ । यसो गर्नाले, शरीरले खाना पचाउन पर्याप्त समय पाउँछ । सुत्दा हाम्रो मेटाबोलिक दर सुस्त हुन्छ । खाना खाएपछि तुरुन्तै सुत्ने गर्दा अपचको समस्या हुनसक्छ । सही समयमा बिहानको खाजा र बेलुकाको खाना खाने हो भने हाम्रो शरीरमा कम बोसो जम्ने र कयौं रोगहरूबाट बच्न सकिन्छ भनेर हालै भएको एउटा अध्ययनले देखाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप