अर्घाखाँचीमा टिपर दुर्घटना, चालक र सहचालक घाइते
शुक्रबार, १६ चैत २०८०, १५ : ५२
बुटवल । अर्घाखाँचीको शितगङ्गामा टिपर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
कपिलवस्तुदेखि अर्घाखाँचीतर्फ जाँदै गरेको ना१ख ८४७३ नम्बरको टिप्पर गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको शितगङ्गा नगरपालिका– ३ स्थित पाडेगैरा बासको ओरालोमा टिपर दुर्घटना भएको हो ।
दुर्घटनामा चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालयले अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा चालक अमृत चुदाली र सहचालक पुरन मगर घाइते भएका प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरू सन्धिखर्क नगरपालिका– ७ निवासी रहेको खुलेको छ ।
दुवै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पश्चात् बुटवल रिफर गरिएको छ । टिप्पर सडकबाट ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण