शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीमा टिपर दुर्घटना, चालक र सहचालक घाइते

शुक्रबार, १६ चैत २०८०, १५ : ५२
शुक्रबार, १६ चैत २०८०

बुटवल । अर्घाखाँचीको शितगङ्गामा टिपर दुर्घटना हुँदा २ जना घाइते भएका छन्  । 

कपिलवस्तुदेखि अर्घाखाँचीतर्फ जाँदै गरेको ना१ख ८४७३ नम्बरको टिप्पर गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको शितगङ्गा नगरपालिका– ३ स्थित पाडेगैरा बासको ओरालोमा टिपर दुर्घटना भएको हो । 

दुर्घटनामा चालक र सहचालक  घाइते भएको जिल्ला प्रहरी कार्यालयले अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा चालक अमृत चुदाली र सहचालक पुरन मगर घाइते भएका प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरू सन्धिखर्क नगरपालिका– ७ निवासी रहेको खुलेको छ । 

दुवै जनालाई  प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पश्चात् बुटवल रिफर  गरिएको छ । टिप्पर सडकबाट ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप