शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा युवतीको हत्या, एक युवक पक्राउ

शुक्रबार, १६ चैत २०८०, १६ : १७
शुक्रबार, १६ चैत २०८०

पाल्पा ।  पाल्पाको रिब्दिकोट गाउँपालिका १ मा एक युवतीको हत्या भएको छ । स्थानीय पद्‌मा सुनारको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक युवकलाई  पक्राउ गरी सार्वजनिक गरेको छ ।  

 १९ वर्षीय सुनारलाई  मङ्गलवार हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा  सोही वडाको लप्सीखोला बस्ने सागर भनिने देवलाल सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । एक आपसमा झगडा भएपछि युवतीले प्रतिकार गर्दा सार्कीले हँसिया प्रहार गरी उनको हत्या गरेको  पाल्पा जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले जानकारी दिए ।  

चन्दले उनीहरूबिच के विषयमा विवाद भएको भन्ने अझै नखुलेको बताए। सुनार मंगलबार खोलामा नुहाउन र कपडा धुन गएका बेला आक्रमण भएको उनकाे भनाइ छ ।  पद्‌मा टाउको  र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा मृत फेला परेकी थिइन्। 

उनी स्थानीय शारदा मावि कक्षा १२ मा पढ्ने विद्यार्थी हुन्। प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाई अनुसन्धान सुरु गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप