सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
पर्यटक पर्खिरहेको घोडेपानीको लालीगुराँस, तस्बिरहरू
घुमफिर

पर्यटक पर्खिरहेको घोडेपानीको लालीगुराँस, तस्बिरहरू

शनिबार, १७ चैत २०८०
  • नेपाल फोटो लाइब्रेरी

म्याग्दी । घोडेपानी अहिले लालीगुराँसले ढकमक्क भरिएको छ । समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको घोडेपानी - पुन हिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्य हो । 

laliguras (10)

पुन हिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यको दृश्यावलोकन गर्न पाइन्छ। पोखरादेखि नयाँ पुल, उल्लेरी भएर एकै दिन र घान्द्रुक भएर दुई दिनमा घोडेपानी पुग्न सकिन्छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको गुराँसको जङ्गल गण्डकी प्रदेशकै ठुलो मानिन्छ। 

laliguras (12)

नेपालमा पाइने ३२ मध्ये यहाँ १६ प्रजातिका लालीगुराँस पाइन्छ । वसन्त ऋतुमा पाखाभरि ढकमक्क फुल्ने लालीगुराँसले मनमोहक देखिन्छ। घोडेपानीमा बसेका पर्यटक बिहानै करिब ४० मिनेट उकालो हिँडेर पुनहिलमा दृश्य अवलोकन गर्न पुग्छन् ।

laliguras (11)

पुन हिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे , मनासलु हिमालको अवलोकन गर्न सकिन्छ । घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले गुराँसे जङ्गलबिचमा रहेको कालीसारमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा लालीगुराँस पार्क निर्माण पनि गरिएको छ ।

laliguras (1)laliguras (2)laliguras (3)laliguras (4)laliguras (5)laliguras (6)laliguras (7)laliguras (8)laliguras (9)laliguras (13)laliguras (14)laliguras (15)laliguras (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया