म्याग्दी । घोडेपानी अहिले लालीगुराँसले ढकमक्क भरिएको छ । समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको घोडेपानी - पुन हिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्य हो ।
_NyZklC6ApO.jpg)
पुन हिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यको दृश्यावलोकन गर्न पाइन्छ। पोखरादेखि नयाँ पुल, उल्लेरी भएर एकै दिन र घान्द्रुक भएर दुई दिनमा घोडेपानी पुग्न सकिन्छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको गुराँसको जङ्गल गण्डकी प्रदेशकै ठुलो मानिन्छ।
_b2Cx5Z2NxS.jpg)
नेपालमा पाइने ३२ मध्ये यहाँ १६ प्रजातिका लालीगुराँस पाइन्छ । वसन्त ऋतुमा पाखाभरि ढकमक्क फुल्ने लालीगुराँसले मनमोहक देखिन्छ। घोडेपानीमा बसेका पर्यटक बिहानै करिब ४० मिनेट उकालो हिँडेर पुनहिलमा दृश्य अवलोकन गर्न पुग्छन् ।
_0m0U87Eexz.jpg)
पुन हिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे , मनासलु हिमालको अवलोकन गर्न सकिन्छ । घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले गुराँसे जङ्गलबिचमा रहेको कालीसारमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा लालीगुराँस पार्क निर्माण पनि गरिएको छ ।
_MaMhcPWI1K.jpg)
_xj1FFAj3KL.jpg)
_tlwYIJR7fs.jpg)
_4IiYRfPB7X.jpg)
_JsJYAk8JJO.jpg)
_PLy6uS9p9i.jpg)
_SDBdgoQIo3.jpg)
_AmazzELyeZ.jpg)
_8qZCUGCcx1.jpg)
_pc5fGPlEw9.jpg)
_8FPLAvAMr1.jpg)
_Is2bMane84.jpg)
_oZGDYfMAYc.jpg)
प्रतिक्रिया