शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी

बिहीबार, ०७ साउन २०८३, २२ : ४३
बिहीबार, ०७ साउन २०८३

सारांश

  • पश्चिम एसियामा रहेका आफ्ना नागरिकहरूका लागि अमेरिकाको विदेश मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गरेको छ ।
  • इरानसँग जारी युद्ध चर्किएसँगै हवाई उडानहरू जुनसुकै बेला रद्द हुन सक्ने र यात्रामा गम्भीर अवरोध आउन सक्ने भन्दै मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भीषण आक्रमणको धम्की दिएलगत्तै यो चेतावनी आएको हो ।

वासिङ्टन डीसी । अमेरिकाको विदेश मन्त्रालयले पश्चिम एसियामा रहेका आफ्ना नागरिकहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । मन्त्रालयले सम्भावित आपतकालीन अवस्थाका लागि तयार रहन समेत भनेको छ ।

 इरानसँग जारी युद्ध चर्किएसँगै हवाई उडानहरू जुनसुकै बेला रद्द हुन सक्ने र यात्रामा गम्भीर अवरोध आउन सक्ने भन्दै मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।

यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हालसम्मकै ‘भीषण आक्रमण’ गर्ने तयारी भइरहेको र आफू निर्णयको नजिक पुगेको धम्की दिए लगत्तै विदेश मन्त्रालयको यो चेतावनी आएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप