इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
सारांश
- इरानले जोर्डन, बहराइन र कुवेतमा श्रृंखलाबद्ध मिसाइल र ड्रोन आक्रमण गरेपछि अमेरिका र इरानबीचको तनावले चरम रूप लिएको छ ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अहिलेसम्मकै भीषण आक्रमण गर्ने चेतावनी दिएका छन् ।
- युद्धको बढ्दो जोखिमलाई ध्यानमा राख्दै अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई आपतकालीन अवस्थाका लागि तयार रहन ट्राभल एड्भाइजरी जारी गरेको छ ।
काठमाडौं । अमेरिका र इरानबीचको तनावले चरम रूप लिएको छ । इरानले जोर्डन, बहराइन र कुवेतमा श्रृंखलाबद्ध मिसाइल र ड्रोन आक्रमण गरेपछि मध्यपूर्वमा युद्ध चर्किएको छ ।
इरानको यस आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ‘अहिलेसम्मकै भीषण आक्रमण’ गर्ने चेतावनी दिएका छन् ।
इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले कतार, कुवेत र ओमानमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी मिसाइल प्रहार गरेको भिडियो समेत सार्वजनिक गरेको छ । विशेष गरी कुवेत र इराकको सीमानामा रहेको अल(अब्दली क्रसिङमा इरानले घातक ड्रोन आक्रमण गरेको छ ।
कुवेतको रक्षा मन्त्रालयका अनुसार उक्त आक्रमणबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने भएको छैन । यो क्षेत्र पछिल्लो समय युद्धको प्रमुख ‘फ्ल्यासपोइन्ट’ बनेको छ, जहाँ यसअघि पनि पटक–पटक आक्रमण भइरहेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सञ्चारमाध्यमसँग कुरा गर्दै इरानले अझै ‘पर्याप्त पीडा’ नभोगेको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘म इरानमाथि एउटा ठूलो आक्रमणको सोच बनाइरहेको छु, जुन इतिहासमै सबैभन्दा भीषण हुनेछ । म निर्णयको निकै नजिक छु ।’ ट्रम्पले यस आक्रमणमा इजरायल पनि सहभागी हुन सक्ने संकेत गरे पनि अमेरिका एक्लै प्रतिकार गर्न सक्षम रहेको दाबी गरे ।
यसैबिच युद्धको बढ्दो जोखिमलाई ध्यानमा राख्दै अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई उडानहरू रद्द हुन सक्ने भन्दै आपतकालीन अवस्थाका लागि तयार रहन ट्राभल एड्भाइजरी जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण