सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
दुर्घटना

कुरिनटारबाट ट्याक्सी त्रिशूली नदीमा खस्यो, एक जनाको शव फेला, ४ जना बेपत्ता

शनिबार, १७ चैत २०८०, ०८ : ०२
शनिबार, १७ चैत २०८०

काठमाडौँ । काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी कुरिनटारबाट त्रिशूली नदीमा खसेको छ ।  आज बिहान बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको हाे । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार ट्याक्सीमा पाँच जना सवार थिए । 

ट्याक्सीमा  सवार अन्य ४ जना बेपत्ता रहेको प्रहरीको भनाइ छ । मृतक पुरुष हुन् । उनको परिचय खुल्न सकेको छैन । 

बेपत्ताको खोजीको लागि गोताखोर टोली परिचालन गर्ने तयारी भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप