अपडेट : ट्याक्सीसहित त्रिशूलीमा खसेका पाँच जनाको शव फेला
शनिबार, १७ चैत २०८०, ०८ : ४१
काठमाडाैँ । चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट ट्याक्सीसहित त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदीमा खसेको थियो ।
ट्याक्सीबाट पाँच जनालाई मृत अवस्थामा निकालिएको हो । मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ जना महिला रहेका छन् ।
मृतकको पहिचान खुलिसकेको छैन । ट्याक्सीमा ६ जना सवार रहेको हुन सक्ने जानकारी आए पनि यकिन हुन नसकेको प्रहरीकाे भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण