रोकिराखेको बसमा कार ठोक्कियो, ३ जना घाइते
तनहुँ । रोकिराखेको बसमा कार ठोक्किँदा चालकसहित ३ जना घाइते भएका छन् । तनहुँको म्याग्दे गाउँपालिका वडा नं. १ गुणादी स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।
शनिबार बिहान करिब ८ बजेर २० मिनेट जाँदा पोखराबाट दमौलीतर्फ आउँदै गरेको ना ५ ख ५३५९ नम्बरको बस रोकी राखेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको बाग्मती बी एसी ५७४० नम्बरको कार बसको पछाडिको भागमा ठोक्किन पुगेको थियो । दुर्घटना हुँदा कार चालक पोखरा महानगरपालिका वडा नं. २५ बस्ने ३१ वर्षीय विकास त्रिपाठी, कारमा सवार पोखरा महानगरपालिका वडा नं. १६ बस्ने ३२ वर्षीय विकास बानियाँ र वडा नं. १९ बस्ने ३१ वर्षीय संजिप भण्डारी घाइते भएका छन् ।
घाइतेहरूको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पताल तनहुँमा उपचार भइरहेको प्रहरीको भनाई छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण