पोखरामा भएको अचम्मको दुर्घटना भाइरल, कसरी भएको थियो बस दुर्घटना ?
काठमाडौँ । पोखराको लेखनाथ नगरपालिका अर्चलेमा शनिवार बिहान बस दुर्घटना भएको छ । बसका चालक र सहचालक घाइते भएको सो बस दुर्घटनाको फोटो यतिबेला सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ ।
ग १ ख ८६८० नम्बरको बस शनिवार बिहान कास्कीको आरुपाटाबाट पोखरा आउँदै गर्दा बिहान साढे ९ बजे दुर्घटनामा परेको हो । माथिल्लो घुम्तीमा ब्रेक फेल भएर तल्लो घुम्तीमा पुगी दुर्घटना हुँदा बस ठडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक विष्णु रेग्मीले रातोपाटीलाई जानकारी दिए ।
रेग्मीले भने– ‘त्यो बस माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा ब्रेक फेल भएर खस्दा बस ठडिने अवस्थामा दुर्घटना भएको भनिएको छ । एक जना चालक र एक जना सहचालक घाइते भएको छन् । उनीहरूको अवस्था सामान्य छ, बसमा अरू यात्रु भने थिएनन् ।’
घाइते भएका चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदीको अहिले गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण