सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा भएको अचम्मको दुर्घटना भाइरल, कसरी भएको थियो बस दुर्घटना ?

शनिबार, १७ चैत २०८०, ११ : ५३
शनिबार, १७ चैत २०८०

काठमाडौँ । पोखराको लेखनाथ नगरपालिका अर्चलेमा शनिवार बिहान बस दुर्घटना भएको छ । बसका चालक र सहचालक घाइते भएको सो बस दुर्घटनाको फोटो यतिबेला सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ । 

ग १ ख ८६८० नम्बरको बस शनिवार बिहान कास्कीको  आरुपाटाबाट पोखरा आउँदै गर्दा बिहान साढे ९ बजे दुर्घटनामा परेको हो । माथिल्लो घुम्तीमा ब्रेक फेल भएर तल्लो घुम्तीमा पुगी दुर्घटना हुँदा बस ठडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक विष्णु रेग्मीले रातोपाटीलाई जानकारी दिए । 

रेग्मीले भने– ‘त्यो बस माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा ब्रेक फेल भएर खस्दा बस ठडिने अवस्थामा दुर्घटना भएको भनिएको छ । एक जना चालक र एक जना सहचालक घाइते भएको छन् । उनीहरूको अवस्था सामान्य छ, बसमा अरू यात्रु भने थिएनन् ।’

घाइते भएका चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदीको अहिले गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप