गृहमन्त्रीमाथि संसदीय छानबिनबारे निर्णय गर्न कांग्रेस बैठक बस्ने
शनिबार, १७ चैत २०८०, १३ : ४८
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राख्दै प्रतिनिधि सभामा अवरोध गर्दै आएको कांग्रेसले आफ्नो मागलाई यथावत् राखेको छ । शनिबार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलमा कांग्रेसले आफ्नो सो अडान कायम रहेको सुनाएको हो ।
यद्यपि गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनाएसम्म सदन चल्न दिने वा नदिने भन्नेबारे आइतबार बिहान पदाधिकारी बैठक बसेर निर्णय गर्ने कांग्रेस सचेतक सुशीला थिङले जानकारी दिइन् । उनले भनिन्–‘यसबारेमा कांग्रेसले कुन पोजिसन लिने, सदनको काम कसरी अगाडि बढाउने, संसदीय छानबिन समितिको विषयमा पदाधिकारी बैठकबाट निर्णय गर्नेछ ।’
भोलि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । त्यसअघि बिहान सवा १० बजे सभा सञ्चालनबारे दलका प्रमुख सचेतक लगायत रहेको कार्यव्यवस्था समिति बैठक बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण