राज्यले कृषि क्षेत्र र कृषकलाई कुनै पनि बहानामा उपेक्षा गर्दैन : मन्त्री साह
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राज्यले कृषि क्षेत्र र कृषकलाई कुनैपनि बहानामा उपेक्षा नगर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । शनिवार चितवनमा शुरु भएको नेपाल उद्योग परिसंघ अन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन, २०२४ मा बोल्दै उनले यस्तो बताएकी हुन् ।
मन्त्री साहले कृषि क्षेत्रमा रहेका महिलाहरुको आम सुरक्षा,मर्यादित एवम् सम्मानित कृषि उद्यमशिलताको प्रत्याभूति गर्न निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरिन् । उनले कृषि क्षेत्रको विकासमा लैङ्गिक उत्तरदायी बजेटको व्यवस्था गर्दै महिलाहरुको समस्या समाधानमा लाग्नुपर्ने बताइन् ।
कृषिमा नविनता, दिगोपन र उद्यमशिलताका विषयमा कृषि क्षेत्रका परिवर्तनकारी क्षेत्रमा निर्माण र कार्यान्वयनमा विज्ञहरुको निरन्तर सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेको उनल बताइन् । मन्त्री साहले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमार्फत महिलामैत्री कृषिकरण उपलब्धताको सुनिश्चिततासँगै महिलाहरुबाट सञ्चालित कृषि सहकारी, समूह, कृषि फार्महरुको विकासको लागि मन्त्रालयको विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताइन् ।
मन्त्री साहले कृषिलाई प्राथमिकता दिने, उत्पादन बढाउने, खपत बढाउनुपर्ने विषयमा आफू पूर्ण सहमत रहेको बताइन् । उनले आर्थिक विकासको लागि स्वदेशी उत्पादन एवं उपभोग बढाउन आवश्यक जोड दिने पनि बताइन् । आजबाट शुरु भएको सम्मेलन १८ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा ४० वटा स्टल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण