शुक्रबार मात्रै डुबेर तीन जनाको मृत्यु
काठमाडौँ । शुक्रबारका दिन देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । इलामको माई नगरपालिका-२ स्थित माईखोलामा डुबेर झापा कनकाई नगरपालिका-१ जामुनखाडी बस्ने २१ वर्षीय मुकेश ढकालको शुक्रबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यता सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ सुंगुरे खोला नजिकै रहेको हिउदमा सिचाईको लागि पानी जम्मा गर्ने प्रयोजनार्थ खनिएको खाल्टोमा डुबेर सोही ठाउँ बस्ने चन्द्र बहादुर श्रेष्ठकी छोरी १३ वर्षीया महना श्रेष्ठको शुक्रबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी गुल्मीको मुसिकोट नगरपालिका-४ आरूपाटा बस्ने २१ वर्षीय सन्दिप कुमालको सोही नगरपालिका-४ स्थित बडिगार्ड खोलामा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको लुम्बिनी प्रभास हस्पिटल वामिटक्सार गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण