जो बस्छन् गाउँमा, उसैको स्वास्थ्य बीमा
पोखरा । पोखरी स्वाँराका भीम बहादुर दमैको शनिबार स्वास्थ्य बीमा भएको छ । वडा कार्यालयले उनको निःशुल्क बीमा गरिदिएको हो ।
पहिलो पटक स्वास्थ्य बीमा गरिएपछि उनी दङ्ग छन् । `गाउँमा बस्नेलाई पनि सरकारले हेर्दो रहेछ । समय फरक भएछ, अब गाउँमा बस्नेलाई पनि सरकारले देख्न थालेको छ,´ उनले भने, `मलाई खुसी लाग्यो ।´
पोखरा महानगरपालिका वडा नम्बर १३ ले ग्रामीण क्षेत्रमा बस्नेलाई स्वास्थ्य बीमा गरिदिएको हो । थातथलो नछोडी गाउँमै बस्दै आएका नागरिकको बीमा गरिएको वडा कार्यालयले जनाएको छ ।
पोखरी स्वाँराकै सरस्वती घले पनि निःशुल्क स्वास्थ्य बीमा कार्ड पाएर दङ्ग छिन् । अब उनको १ लाखसम्म उपचार गर्न आफूले खर्च गर्नुपर्दैन । `थोरै पैसा भए पनि बीमा गरेको थिइनँ । वडाले बीमा गर्दियो, उपचार गर्न सजिलो हुने भो,´ उनले भनिन् । स्वास्थ्य बीमाको टोलीसहित गाउँ पुगेका वडाध्यक्ष किरण बरालले उनीहरूलाई बीमा कार्ड हस्तान्तरण गरेका हुन् ।
वडाभित्रका विजयपुर, खामघले, डिगाउँ र पोखरी स्वाँरामा स्वास्थ्य बीमा गरिएको बरालले बताए । उनका अनुसार ४० परिवारलाई १ लाख बराबरको बीमा निःशुल्क गरिएको छ ।
`गाउँमा बस्नेहरूलाई वडाले गरेको सम्मान हो यो । कतिपयले रोग लागे पनि पैसा नभएर उपचार गराएका छैनन्,´ उनले भने, `बीमा भएपछि त रोग लुकाएर बस्न परेन नि । आफ्नो स्वास्थ्यप्रति सचेत पनि हुन्छन् ।´ जो बस्छन् गाउँमा, उसैको स्वास्थ्य बीमा भन्ने नारा सहित वडा कार्यालयले बीमा गरिदिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको मृत्यु
-
आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन
-
संसदीय समितिमा उद्योगमन्त्रीकाे आलाेचना
-
सामान्य अंकले घट्यो सेयर बजार, ३ अर्ब ४१ करोडमाथिको कारोबार
-
सालक संरक्षणमा सामुदायिक वन
-
यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण