कारागारभित्र कैदीबन्दीको मृत्यु
इनरुवा । सुनसरीको झुम्का कारागारभित्र आज ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ । पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको करागारभित्रै मृत्यु भएको हो ।
कारागारभित्रै कुटेर उनको हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन् । कारागारमा भाईको हत्या भएको दाबी गर्नुहुँदै घटनाको छानबिन गर्नुपर्ने मृत्तक न्यायधीशका दाई सुभास राईले माग गरे । न्यायधीशको शरीरभरि निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले कारागारभित्रै कुटेर हत्या गरेको मृतकका भाउजु उर्मिला राईले दाबी गरिन् ।
कैदीबन्दी राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको झुम्का कारागारका प्रमुख धुव्रराज कोइरालाले बताए । स्वास्थ्यमा समस्या रहेकाले उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा भर्ना गरेको र उपचारका क्रममा उनको मृत्यु भएको उनको भनाइ छ ।
जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पङ्गेनीले राईको अस्पताल आउनुअघि नै मृत्यु भइसकेको बताए । पीडित पक्षले न्याय र क्षतिपूर्ति नदिएसम्म शव परीक्षण गर्न नदिने र शव नबुझ्ने अडान लिएको छ । शव इनरुवा अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिशतमा घटे पनि शिक्षा र खेलकुदको बजेट गत वर्षभन्दा ७ अर्ब बढी : मन्त्री पोखरेल
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्ने विधेयक पेस
-
किभमा रुसी आक्रमणमा मर्नेको संख्या १२ पुग्यो
-
रास्वपासँग पद खोजेको होइन, विकास र समृद्धिको एजेन्डा साकार पार्न सहयोग गरेको हो : डा. भट्टराई
-
असारको तेस्रो साता ३२ प्रतिशत मात्रै रोपाइँ, गत वर्षभन्दा १२ प्रतिशत कम
-
साउन अन्तिम साता ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’, ४० भन्दा बढी नयाँ सवारी सार्वजनिक गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण