सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिशूलीमा ट्याक्सी दुर्घटना प्रकरण : बेपत्ता एक जना अझै फेला परेनन्

आइतबार, १८ चैत २०८०, ०९ : १०
आइतबार, १८ चैत २०८०

चितवन ।  काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा बेपत्ता भएका एक जना अझै फेला परेका छैनन् । दुर्घटनामा बेपत्ता भएका अठार वर्षीय दिवस रोकाको खोजी कार्य जारी रहेको  चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

गोरखा जिल्लाको गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको  दाहसंस्कार सकेर गोरखा फर्कँदै गरेको उनको परिवार दुर्घटनामा परेको थियो । मृतकका आमा जुनकिरी, दिदीबहिनी, ज्वाइँ, छोरा र भाञ्जा चढेर फर्कँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खसेको थियो । 

दुर्घटनामा परी रोका परिवारमा पाँच जनाको मृत्यु र एक बेपत्ता भएको घटनाले अहिले सिङ्गो पौवाखेत शोकमा डुबेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप