त्रिशूलीमा ट्याक्सी दुर्घटना प्रकरण : बेपत्ता एक जना अझै फेला परेनन्
आइतबार, १८ चैत २०८०, ०९ : १०
चितवन । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा बेपत्ता भएका एक जना अझै फेला परेका छैनन् । दुर्घटनामा बेपत्ता भएका अठार वर्षीय दिवस रोकाको खोजी कार्य जारी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गोरखा जिल्लाको गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको दाहसंस्कार सकेर गोरखा फर्कँदै गरेको उनको परिवार दुर्घटनामा परेको थियो । मृतकका आमा जुनकिरी, दिदीबहिनी, ज्वाइँ, छोरा र भाञ्जा चढेर फर्कँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खसेको थियो ।
दुर्घटनामा परी रोका परिवारमा पाँच जनाको मृत्यु र एक बेपत्ता भएको घटनाले अहिले सिङ्गो पौवाखेत शोकमा डुबेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण