जर्मनीले गाँजालाई कानुनी मान्यता दिने

बेल्जियम । जर्मनीले सोमबारदेखि गाँजाको प्रयोगलाई आंशिक रूपमा कानुनी मान्यता दिने भएको छ । अप्रिल १ देखि व्यक्तिगत प्रयोगका लागि २५ ग्रामसम्मको सुकेका गाँजा बोकेर हिँड्न पाइनेछ ।
घरमा गाँजाको बोट लगाउन पनि दिइनेछ । तर प्रत्येक वयस्कले तीन वटा मात्रै गाँजाको बोट लगाउने पाउनेछन् ।
घरमा बढीमा ५० ग्रामसम्म सुकेको गाँजा राख्न पाइनेछ । विद्यालय, किन्डरगार्टेन, खेल मैदान र सार्वजनिक खेल केन्द्रको सय मिटरभित्र भने गाँजा फुक्न बन्देज गरिएको छ ।
बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म सडकको पैदलयात्रा खण्डमा गाँजा खान मनाही गरिएको छ । जुलाई १ देखि भने कानुनी रूपमै गाँजा लिन सर्वसाधारणहरूलाई सजिलो होस् भनेर गाँजा क्लबहरू खोलिनेछ ।
प्रत्येक गाँजा क्लबमा ५०० जना सदस्य रहनेछन् । हरेक सदस्यले यी क्लबबाट मासिक रूपमा बढीमा ५० ग्रामसम्म सुकेको गाँजा किन्न सक्नेछन् ।
गाँजा सेवनका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमहरू न्यूनीकरण गर्नु यो कानुनको उद्देश्य रहेको सरकारको दाबी छ । तर विपक्षी दलहरू, स्वास्थ्य संगठन र क्षेत्रीय अधिकारीहरूले भने यसको चर्को आलोचना गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाढीले क्षति पुगेका आयोजनाहरू पुनर्निर्माणका लागि बजेट विनियाेजन गरिएन’
-
एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
-
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु
-
विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनु भ्रष्टाचार हो– सुवाल
-
भू - माफियालाई फाइदा पुग्ने गरी बजेट बनाइएको छ : चित्रबहादुर केसी
-
घुरेकै कारण पनि हुन्छ सम्बन्ध विच्छेद : सलमान खान