जर्मनीले गाँजालाई कानुनी मान्यता दिने
बेल्जियम । जर्मनीले सोमबारदेखि गाँजाको प्रयोगलाई आंशिक रूपमा कानुनी मान्यता दिने भएको छ । अप्रिल १ देखि व्यक्तिगत प्रयोगका लागि २५ ग्रामसम्मको सुकेका गाँजा बोकेर हिँड्न पाइनेछ ।
घरमा गाँजाको बोट लगाउन पनि दिइनेछ । तर प्रत्येक वयस्कले तीन वटा मात्रै गाँजाको बोट लगाउने पाउनेछन् ।
घरमा बढीमा ५० ग्रामसम्म सुकेको गाँजा राख्न पाइनेछ । विद्यालय, किन्डरगार्टेन, खेल मैदान र सार्वजनिक खेल केन्द्रको सय मिटरभित्र भने गाँजा फुक्न बन्देज गरिएको छ ।
बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म सडकको पैदलयात्रा खण्डमा गाँजा खान मनाही गरिएको छ । जुलाई १ देखि भने कानुनी रूपमै गाँजा लिन सर्वसाधारणहरूलाई सजिलो होस् भनेर गाँजा क्लबहरू खोलिनेछ ।
प्रत्येक गाँजा क्लबमा ५०० जना सदस्य रहनेछन् । हरेक सदस्यले यी क्लबबाट मासिक रूपमा बढीमा ५० ग्रामसम्म सुकेको गाँजा किन्न सक्नेछन् ।
गाँजा सेवनका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमहरू न्यूनीकरण गर्नु यो कानुनको उद्देश्य रहेको सरकारको दाबी छ । तर विपक्षी दलहरू, स्वास्थ्य संगठन र क्षेत्रीय अधिकारीहरूले भने यसको चर्को आलोचना गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण