रौतहटमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रौतहट। रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान परोहा नगरपालिकाको लौकाहास्थित हुलाकी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा बौधीमाई नगरपालिका–४ निवासी २५ वर्षीय सुरेश पासवानको मृत्यु भएको हो ।
रौतहटका प्रहरी प्रवक्ता एलिजा गिरीले अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टि गरिन् । बिआर ०५ बीबी २८४० र बिआर ३० यू २७६७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका पासवानको थप उपचारकाका लाथिग एलएस न्यूरो अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भइसकेको अस्पतालले घोषणा गरेको थियो । दुर्घटनामा परी गम्भीर घाइते हुनेहरूमा परोहा नगरपालिका २ जिंगडवा बस्ने २२ वर्षका शेख तवसिम आलम र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५५ वर्षका शेख अलियास रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूमध्ये एक जनाको रौतहट र अर्काको वीरगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण