कार्यविधि बनेको एक दिनमै संशोधन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य सिफारिसका लागि बनाइएको कार्यविधि एक दिनमै संशोधन भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगमा रिक्त रहेको सदस्य पदका लागि बनाएको कार्यविधि एक दिनमै संशोधन भएको हो ।
‘त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ बनाइएको थियो । सोही आधारमा आयोगमा रिक्त रहेको सदस्य पदका लागि दरखास्त आह्वान गर्ने तयारी थियो । तर, उक्त कार्यविधि सार्वजनिक हुनु अगावै संशोधन भएर आएको हो ।
चैत्र १६ गते जारी भएको कार्यविधि १७ गते पहिलो संशोधन गर्दै सार्वजनिक भएको छ । संशोधित कार्यविधिले सेवा आयोगको सदस्य हुन ६५ वर्ष ननाघेको प्राध्यापक हुनुपर्ने व्यवस्था गरेको छ ।
कार्यविधिमा उमेरसम्बन्धी व्यवस्था उल्लेख गरिएको थिएन । पहिलो संशोधनमार्फत उमेरहद तोकिएको हो । सेवा आयोगमा प्राध्यापकको तर्फबाट नियुक्त हुने पद पूरा समय कायम गर्ने व्यवस्थापकीय पदसमेत भएकाले उमेर हद कायम गर्न वाञ्छनीय देखिएको कार्यविधिमा उल्लेख गरिएको छ ।
शिक्षामन्त्रीको अध्यक्षतामा रहने समितिले आयोगको सदस्यको नाम कुलपति समक्ष सिफारिस गर्नेछ । त्यसका लागि समितिले दरखास्त आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण