बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा

कार्यविधि बनेको एक दिनमै संशोधन

आइतबार, १८ चैत २०८०, १८ : ५९
आइतबार, १८ चैत २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य सिफारिसका लागि बनाइएको कार्यविधि एक दिनमै संशोधन भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगमा रिक्त रहेको सदस्य पदका लागि बनाएको कार्यविधि एक दिनमै संशोधन भएको हो ।  

‘त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ बनाइएको थियो । सोही आधारमा आयोगमा रिक्त रहेको सदस्य पदका लागि दरखास्त आह्वान गर्ने तयारी थियो । तर, उक्त कार्यविधि सार्वजनिक हुनु अगावै संशोधन भएर आएको हो ।

चैत्र १६ गते जारी भएको कार्यविधि १७ गते पहिलो संशोधन गर्दै सार्वजनिक भएको छ । संशोधित कार्यविधिले सेवा आयोगको सदस्य हुन ६५ वर्ष ननाघेको प्राध्यापक हुनुपर्ने व्यवस्था गरेको छ ।

कार्यविधिमा उमेरसम्बन्धी व्यवस्था उल्लेख गरिएको थिएन । पहिलो संशोधनमार्फत उमेरहद तोकिएको हो । सेवा आयोगमा प्राध्यापकको तर्फबाट नियुक्त हुने पद पूरा समय कायम गर्ने व्यवस्थापकीय पदसमेत भएकाले उमेर हद कायम गर्न वाञ्छनीय देखिएको कार्यविधिमा उल्लेख गरिएको छ ।

शिक्षामन्त्रीको अध्यक्षतामा रहने समितिले आयोगको सदस्यको नाम कुलपति समक्ष सिफारिस गर्नेछ । त्यसका लागि समितिले दरखास्त आह्वान गरेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप