मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन नेता थपलियाको निर्देशन

आइतबार, १८ चैत २०८०, २३ : ०३
आइतबार, १८ चैत २०८०

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले चैत १९ गते १ बजे बस्ने प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएका छन् । सोमबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेकाले बैठकमा अनिवार्य उपस्थित हुन नेता थपलियाले निर्देशन दिएका हुन् ।

नेता थपलियाले बैठकमा अनिवार्य उपस्थिति भएर मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् । बदलिएको सत्ता समीकरणमा एमाले साझेदार दल भएकाले आफ्ना सांसदलाई मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन जारी गरेका हुन् । 

सत्ता समीकरण अनुसार शनिबार मात्र एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको थियो । एमालेबाट नेता थपलिया प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप