देवराकोन्डाले किन बेचे फिल्मफेयरको ट्रफी ?
नयाँ दिल्ली । साउथ सुपरस्टार विजय देवरकोन्डा यतिबेला आफ्नो आगामी फिल्म ‘फेमिली स्टार’ लाई लिएर चर्चामा छन् । फिल्मको प्रचार प्रसारमा उनी निकै व्यस्त छन् । कार्यक्रमहरूमा गइरहेका छन्, अन्तरवार्ता दिन भ्याई नभ्याई छ । हालै एउटा अन्तर्वार्तामा उनले आफ्नो पहिलो अवार्डबारे अचम्मको खुलासा गरेका छन् । विजयले अभिनयका लागि आफूले पाएको पहिलो अवार्ड लिलामी गरेको खुलासा गरेका हुन् ।
उनले यो रकम आफूले दान गरेका थिए । यो घटना आफ्ना लागि राम्रो सम्झना भएको पनि उनले बताएका छन् । आफूले पुरस्कार र प्रमाणपत्रमा रुचि नराख्ने भएकोले आफूले पाएको एउटा पुरस्कार निर्देशक सन्दीप रेड्डी वांगालाई दिएको पनि उनले बताए । ‘मलाई सर्टिफिकेट र अवार्डमा त्यति रुचि छैन । कोही अफिसमा होलान्, केही मेरी आमाले कतै राख्नुभएको होला । केही पुरस्कार मैले बाँडिदिएँ । एउटा चाँहि मैले सन्दीप रेड्डी वांगालाई दिएँ ।’ विजयले भनेका छन् ।
अभिनेताले पाएको पहिलो अवार्ड फिल्मफेयर बेस्ट एक्टरका लागि थियो । यो अवार्ड उनले लिलाम गरे । यसबाट उनले राम्रो पैसा पाएका थिए । यो पैसा उनले दान गरिदिएँ । विजय फिल्मका साथसाथै आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहने गरेका छन् । रश्मिका मन्डन्ना र उनको नाम लामो समयदेखि जोडिँदै आएको छ । उनीहरूको अफेयरबारे बारम्बार चर्चा हुने गरेको छ । विजयले भर्खरै एक कार्यक्रममा आफूले प्रेम विवाह गर्ने र छिट्टै पिता बन्न चाहेको बताएका थिए । आमाबाबुले स्वीकार गरेको मान्छेसँग बिहे गर्ने पनि उनले बताए ।
विजय देवरकोंडा र रश्मिका मन्डन्ना लिभ इन रिलेशनशिपमा रहेको हल्लाबिच उनको यो अभिव्यक्ति आएको हो । विजयलाई अन्तिम पटक खुशीमा देखिएको थियो । फिल्ममा सामन्था रुथ प्रभु पनि मुख्य भूमिकामा छिन् । विजय आगामी फिल्म ‘द फैमिली स्टार’ रिलिजको प्रतिक्षामा छन् । फिल्ममा उनी मृणाल ठाकुरसँग देखिनेछन् । फिल्म अप्रिल ५ मा हलमा रिलिज हुने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण