शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
क्रिकेट

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो पहिलो ब्याटिङको निम्तो

सोमबार, १९ चैत २०८०, १२ : ४९
सोमबार, १९ चैत २०८०

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको तेस्रो तथा अन्तिम टी–२० खेलमा सोमबार घरेलु टोली नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ ले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । 

तीन खेलको शृङ्खला भने आयरल्यान्ड ‘ए’ ले यसअघि नै जितिसकेको छ । शुक्रबार खेलिएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ ले घरेलु टोली नेपाल ‘ए’ लाई २१ रनले हराएको थियो । शनिबार खेलिएको दोस्रो टी–२० खेलमा पनि आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई ४० रनले पराजित गरेको थियो । 

त्यसैले सोमबार हुने तेस्रो खेलमा नेपाली टोली सान्त्वना जितेको खोजीमा हुनेछ । अर्कोतिर, भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ भने शृङ्खला ‘क्लिन स्विप’ गर्ने दाउमा हुनेछ । टी२० शृङ्खलापछि नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच तीन वटा एक दिवसीय खेलको शृङ्खला खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप