शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
क्रिकेट

दोस्रो ओभरमै आउट भए देव खनाल

सोमबार, १९ चैत २०८०, १३ : १३
सोमबार, १९ चैत २०८०

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेलमा सोमबार नेपाल ‘ए’ ले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपाल ‘ए’ ले पहिलो विकेटका रुपमा ओपनर देव खनाललाई गुमाएको हो । 

देवलाई ६ रनको ब्यक्तिगत स्कोरमा आयरल्यान्डका बलर फियोन ह्यान्डले कप्तान निल रकद्वारा क्याच गराएका हुन् । दोस्रो ओभरको अन्तिम बलमा देव आउट हुँदा नेपालले केवल १० रन बनाएको छ । आयरल्यान्डले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्तो दिएको हो । तीन खेलको शृंखला भने आयरल्यान्ड ‘ए’ ले यसअघि नै जितिसकेको छ । 

शुक्रबार खेलिएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ ले घरेलु टोली नेपाल ‘ए’ लाई २१ रनले हराएको थियो । शनिबार खेलिएको दोस्रो टी२० खेलमा पनि आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई ४० रनले पराजित गरेको थियो । 

सोमबार हुने तेस्रो खेलमा नेपाली टोली सान्त्वना जितेको खोजीमा छ । अर्कोतिर, भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ भने शृंखला ‘क्लिन स्विप’ गर्ने दाउमा छ । टी–२० शृंखलापछि नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच तीनवटा एकदिवसीय खेलको शृंखला खेलिने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप