फागुनमा ६५ हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए
काठमाडौँ । फागुन महिनामा ६५ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार फागुनमा ६५ हजार ६५८ जना श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् ।
जसमा ५८ हजार ८९० जना पुरुष र ६ हजार ७६८ जना महिला रहेका छन् । ३९ हजार ९२० जनाले भने पहिलो पटक श्रम स्वीकृति लिएका छन् ।
३१ हजार ८९८ जनाले संस्थागत श्रम स्वीकृति (मेनपावरमार्फत) लिएर विदेश गएका छन् । सात हजार ४४७ जनाले व्यक्तिगत श्रम स्वीकृति, ५७५ जना जी–टु–जी मार्फत श्रम स्वीकृति लिएर विदेश गएका हुन् ।
एक महिनाको अवधिमा ८५ जना उच्च दक्ष जनशक्ति विदेश गएका छन् । त्यस्तै ३४९ प्रोफेसलन, पाँच हजार १६० जना अर्धदक्ष जनशक्ति विदेश गएका छन् । त्यस्तै ४७ हजार ५७७ जना दक्ष र १२ हजार ४८७ जना अदक्ष जनशक्ति वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएको विभागको तथ्याङ्कले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण