मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

६ जनाको ज्यान जाने गरी भएको प्युठान दुर्घटनाका फरार चालक पक्राउ

सोमबार, १९ चैत २०८०, १५ : ५३
सोमबार, १९ चैत २०८०

काठमाडौँ । ६ जनाको ज्यान जाने गरी भएको स्कारिपो दुर्घटनाका फरार सवारी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महांकाल गाउँपालिका–३ निवासी २७ वर्षीय सरोज घले रहेका छन् ।

२०७३ साल चैत ११ गते प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाने क्रममा स्वर्गद्वारी नगरपालिका वडा-३ रुमाले भन्ने स्थानमा बा ८ च १५६१ नं.को स्कार्पियो जिप दुर्घटना भएको थियो । दुर्घटनामा दिनेश ध्वज बस्नेत समेत ६ जनाको मृत्यु भएको थियो ।

घले भने सवारी ज्यान मुद्दामा फरार रहेका थिए । उनको खोजतलास गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट पक्राउ गर्न सफल भएको हो । घलेलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय प्युठान पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप