६ जनाको ज्यान जाने गरी भएको प्युठान दुर्घटनाका फरार चालक पक्राउ
सोमबार, १९ चैत २०८०, १५ : ५३
काठमाडौँ । ६ जनाको ज्यान जाने गरी भएको स्कारिपो दुर्घटनाका फरार सवारी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महांकाल गाउँपालिका–३ निवासी २७ वर्षीय सरोज घले रहेका छन् ।
२०७३ साल चैत ११ गते प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाने क्रममा स्वर्गद्वारी नगरपालिका वडा-३ रुमाले भन्ने स्थानमा बा ८ च १५६१ नं.को स्कार्पियो जिप दुर्घटना भएको थियो । दुर्घटनामा दिनेश ध्वज बस्नेत समेत ६ जनाको मृत्यु भएको थियो ।
घले भने सवारी ज्यान मुद्दामा फरार रहेका थिए । उनको खोजतलास गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट पक्राउ गर्न सफल भएको हो । घलेलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय प्युठान पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण