आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बालाजु अटो वर्कसको म्यानेजरर्स मीट २०२४ सम्पन्न

मङ्गलबार, २० चैत २०८०, १० : ४६
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । नेपालका लागि महिन्द्रा फोरह्वीलरको आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप – बालाजु अटो वर्कसले सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४ सम्पन्न गरेको छ । 
बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा र एम एण्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरको साथै अग्नि ग्रुप, नेटवर्क्सका अतिथिहरूको उपस्थितिमा धुलिखेलमा कार्यक्रम सम्पन्न गरिएको हो । 

सो अवसरमा महिन्द्रा केयर फेस्ट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने डिलरहरु बेस्ट फोटो अफ द केयर फेस्ट – अग्नि आस्था, इटहरी , बेस्ट कस्टमर इन्गेजमेन्ट – ओम बाराही अटो वर्कस, हाइएस्त एम–ट्रयाक इनरोलमेन्ट – अग्नि आस्था, इटहरी, हाई पफर्मर – अग्नि आस्था, भैरहवा, हाई याचिबर – ठाकुर अटो केयर सेन्टर प्रा लिलाई सम्मानित गरिएको थियो । 

साथै म्यनाजर्स मीट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने  ओम बाराहीबाट बेस्ट कस्टमर केयर एक्जिक्युटिव २०२४ – बिनिता के.सी, सेन्ट्रल सर्भिस सेन्टरबाट बेस्ट सर्भिस म्यानेजर २०२४ – सशी पजियर साथै एम.के इंकॉर्पोरेटेड प्रा.लि. बाट बेस्ट स्पेयर पार्ट्स म्यानेजर २०२४ – राजेश लाघेलाई पनि सम्मानित गरिएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप