अहिले प्रधानमन्त्रीले चाहेर पनि काम गर्ने अवस्था छैन : विप्लव
काठमाडौँ । समाजवादी मोर्चाका संयोजक नेक्रविक्रम चन्द विप्लवले यथास्थितिमा क्रमभङ्ग गर्न जरुरी भएको बताएका छन् । मंगलबार समाजवादी मोर्चाले काठमाडौँमा गरेको अन्तर्क्रियामा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र अग्रगामी र क्रान्तिकारीले ल्याएको व्यवस्था भए पनि जनताका यावत समस्या समाधान नभएको तर्क गरेका हुन् ।
उनले दलाल पुँजीवाद अन्त्य नभएसम्म जनताको अधिकार स्थापित हुन नसक्ने स्पष्ट पारे । अहिलेको व्यवस्थामा प्रधानमन्त्रीले चाहेर काम गर्न नसक्ने प्रणाली रहेकाले विद्यामान कानुन संशोधन गर्नुपर्ने उनले विचार राखे ।
‘देशमा संकटमात्र छैन । संकटभित्र सम्भावना पनि छ । संकटबाट सबै खालका समस्याको समाधान निकाल्न पनि सकिन्छ । अहिले दलाल पुँजीवादबिचको टकराब देखिएको छ । अहिलेको व्यवस्थामा प्रधानमन्त्रीले चाहेर काम गर्न नसक्ने प्रणाली रहेकाले विद्यामान कानुन संशोधन गर्नुपर्छ’, विप्लवले भने ।
साथै समाजवादी मोर्चाले अस्थिरता ल्याउँछ कि भन्ने कुरा सत्य नभएको भन्दै उनले नेपालको विशेषतामा आधारित समाजवाद स्थापना गर्न मोर्चा बनाइएको स्पष्ट पारे ।
चन्दले अहिलेका असन्तुष्टिहरूलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिने बताए । उनले आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव रहेको उल्लेख गरे ।
गणतन्त्रबाट विभिन्न उपलब्धि प्राप्त भएपछि पूर्ण हुन नसकेको विप्लवको भनाई थियो । उनले आज भइरहेका असन्तुष्टिहरू, समस्याहरूलाई राजनीतिक, आर्थिक, सामाजिक कुरालाई अग्रगामी ढङ्गले समाधान गर्न समाजवादी मोर्चाले भूमिका खेल्ने बताए ।
उनले भने, ‘हामीले विभिन्न उपलब्धि हासिल गरेको कुरा साँचो हो तर पूर्ण भएका छैनन् । पूर्ण नहुनुको अर्थ यो पनि हो की मानव जाति चुप लागेर कोही बस्दैनन् । श्रमिकहरू, उत्पीडितहरू, अधिकारको खोजी गर्ने शक्तिहरू कोही पनि चुप लागेर बस्दैनन् । प्रवृत्तिहरू बिचको टकराब हुनु स्वाभाविक हो । हामी समाजवादीहरू, कम्युनिस्टहरू, कतातिरबाट अघि बढ्ने, कुन धारलाई हामीले जनताको बिचमा स्थापित गर्ने ? जनतालाई कसरी सुरक्षित गर्ने ? यो विषयमा हाम्रो समाजवादी मोर्चाले एउटा स्पष्ट दृष्टिकोण दिएको छ की आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव छ । यसको मतलब आजकोलाई भत्काएर फाल्ने भनेको होइन, यहाँ केही बाहिर भाष्यहरू गलत ढङ्गबाट आइरहेका छन् । त्यसले अस्थिरता ल्याउँछ । समाजवादी मोर्चाले अस्थिरता ल्याउँछ की भन्ने आदि इत्यादिका तर्कहरू पनि हामी सुन्ने गर्दछौँ । होइन त्यो कुरा । अस्थिरतालाई स्थिरतातिर बदल्ने कुरा हामी गर्छौँ । आज भइरहेका असन्तुष्टिहरू, समस्याहरूलाई राजनीतिक, आर्थिक, सामाजिक कुरालाई अग्रगामी ढङ्गले समाधान दिने कुरा हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण